कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।

भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समुहतर्फ उपाधि जितेको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयमा सोमबार विजेता खेलाडीहरुलाई सम्माानसहित बधाई ज्ञापन गरेका हुन् ।

सो क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंसा गरे ।

प्रतियोगितामा नेपालले ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका थिए भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन् । उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी थिइन् ।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *