अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल मड्रिड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

लिङ्कन फाइनान्सियल फिल्डमा भएको समूह ‘एच’ अन्तर्गतको अन्तिम खेलमा साल्सबर्गलाई ३-० गोलअन्तरले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर, फेडेरिको भाल्भर्डे र  गोन्जालो गार्सियाले गोल गरे ।

खेलको ४०औं मिनेटमा भिनिसियसको गोलमा रियलले अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा भाल्भर्डेले रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा गार्सियाले गोल गर्दै रियल मड्रिडलाई ३-० को जित दिलाए ।

रियल मड्रिडले अन्तिम १६ मा इटालियन क्लब युभेन्ट्सको सामना गर्नेछ ।

समूह एचकै अर्को खेलमा साउदी अरबको क्लब अल-हिलालले मेक्सिकन क्लब पाचुका एफसीलाई २-० गोलले पराजित गर्दै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

अन्तिम १६ मा अल-हिलालले भने इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ । 

यो समूहबाट साल्सबर्ग तेस्रो स्थान र पचुका पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *