नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत युवा १३ वर्ष महिला, पुरुष र १३ वर्ष माथिका विधाहरुको प्रतिस्पर्धा जारी रहेको छ । 

अन्नपूर्ण स्कुलको सभा हलमा सम्पन्न १३ वर्षमुनि महिलातर्फ त्रिपद्म स्कुलका त्रिसारा लामा दुई अङ्क प्राप्त गर्दै शीर्ष स्थानमा रहन सफल भएका छिन् ।

प्रतिस्पर्धामा बिएन एकेडेमीका विविषा तामाङ, नितिन मेमोरियलका ज्ञानी श्रेष्ठ, मनकामना स्कुलका जिज्ञाशा खनाल, इङ्लिस बोर्डिङ स्कुलका क्रिष्टि रिजाल, मनकामना स्कुलका मेघना अधिकारी सम्मान दुई अङ्क प्राप्त गर्दै संयुक्त शीर्ष स्थानमा रहन सफल भएकी छिन् ।

यसै समूहमा नितिन मेमोरियलकै परियचा गोलाखा, मार्बलका सोनालिका सराफ, माछापुछ्रे एलबी वर्ल्ड स्कुलकी जोहाना कार्की, डीएभि स्कुलकी स्तुति रसाइली समान दुई अङ्क प्राप्त गर्दै अग्रस्थानमा रहन सफल भएका छन् ।

यसैगरी १३ वर्ष मुनि छात्रतर्फ काठमाडौँ प्रज्ञा कुञ्जका आयान खटिवडा, टुङ्ग्राम इन्टरनेसनल स्कूलका हृदय पौडेल र विप्लव यादव, मार्बलस इङ्लिस बोर्डिङ स्कुलका ब्रिज नन्दन दास सतप्रतिशत नतिजा निकाल्दै अगाडि रहन सफल भएका छन् ।

सँगै एसियन पब्लिक स्कुलका दिपन मैनाली, पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थी, मार्बलस इङ्लिस बोर्डिङ स्कुलकै रिवाज थापा अगाडि  छन् ।

त्यहि समुहमा दिप ज्योति आवासीय माध्यमिक विद्यालयका रोजिन श्रेष्ठ, ज्ञानोदय बालवाटिका स्कुलका ओस्कार पन्थी, अन्नपूर्ण स्कुलका कर्मचारी र त्रियोग हाइस्कुलका सम्पन्न बज्राचार्य समान अङ्क प्राप्त गर्दै समान स्थानमा छन् ।

स्पर्धामा युवा १३ वर्षमाथि सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलका अनन्या सैंजु, केएमसी स्कुलका वियाङ्का गौतम, नाइटिङ्गेल स्कुलका दिया श्रेष्ठ, त्रियोग हाइ स्कुलका कृपा बेलबासे, अन्नपूर्ण सेकेन्डरी स्कुलका कृतिका राजभण्डारी अग्रस्थानमा छन् । 

यसै गरी केएमसी स्कुलका प्रविज्ञा श्रेष्ठ, डिएभि स्कुलका प्रज्ञा पन्त, मनकामना स्कुलका प्रेसियस अधिकारी र संस्कृति गजुरेल अनि पाठशाला नेपाल फाउन्डेसनका श्रेया सापकोटा अगाडि रहेका छन् ।

प्रतिस्पर्धा अन्तर्गत युवा पुरुष १३ वर्ष माथि नितिन मेमोरियलका अर्जुन परियार, काष्ठमण्डप विद्यालय इभान राणा, दीपज्योति आवासीय माविका जीवेस श्रेष्ठ अगाडि रहन सफल भएका छन् ।

उनीहरूसँगै कौशल इङ्ग्लिस बोर्डिङ स्कुलका स्वस्तिक कार्की, काष्ठमण्डप विद्यालयका आर्टिस्ट रेग्मी, टिआइए स्कुलका आयान पौडेल, डीएभी स्कुलका हर्षवर्धन राठी पनि अगाडि रहेका छन् । 

यस्तै मेरिडियन स्कुलका इशान पन्त विश्व ज्ञान पाठशालाका रमन शर्मा विलियम पब्लिक स्कुलका रिक्की महर्जन, समता शिक्षा निकेतका हिमाञ्चल मैनाली, विश्व ज्ञान पाठशालाका निर्मल न्यौपाने र नितिन मेमोरियलका पेम्बा शेर्पा संयुक्त अगाडि रहन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *