कप्तान लियोनल मेस्सी र लुइस स्वारेजको गोलप्रेरित मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले सहज जित निकालेको छ।

आइतबार बिहान भएको खेलमा मियामीले न्युयोर्क रेड बुल्सलाई ४-१ ले पराजित गरेको हो । 

चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन फाफा पिकाउल्ट, मार्सेलो वेगान्ट, लुइस स्वारेज र लियोनल मेसीले गोल गरे । पाहुना टिमका मोहम्मद सोफोले एक गोल फर्काएका थिए । 

खेलको नवौं मिनेटमा पिकाउल्टको गोलमार्फत मियामीले अग्रता लिएको थियो । ३३औं मिनेटमा वेगान्टले टोलीको अग्रता दोब्बर बनाए ।

३९औं मिनेटमा स्वारेजले मियामीका लागि तेस्रो गोल गरे । ४३औं मिनेटमा रेड बुल्सका लागि सोफोले एक गोल फर्काउँदा खेल ३-१ को स्थितिमा आयो । 

६७औं मिनेटमा मेस्सीले गोल गरेपछि मियामीले ४–१ को जित पक्का गरेको हो ।

जितसँगै १० खेलमा २१ अंक जोडेको मियामी वेस्टर्न कन्फरेन्सको चौथो स्थानमा उक्लिएको छ । रेड बुल्स ११ खेलमा १५ अंकसहित नवौं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *