इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा वुल्भ्सलाई १-० गोलले पराजित गर्दै सिटी तेस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा सिटिलाई जित दिलाउन केभिन डि ब्रुयनले निर्णायक गोल गरे । उनले खेलको ३५औं मिनेटमा जेरेमी डोकुको लो क्रसमा गोलमा गोल गरेका थिए ।
सिटीका लागि अन्तिम घरेलु खेल खेलेका मिडफिल्डर ब्रुयनले सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाड्ने घोषणा गरेका थिए ।
जितसँगै सिटीले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनोट हुने दौडमा बलियो पकड बनाएको छ । तेस्रो स्थानमा उक्लिएको सिटीको ३५ खेलबाट ६४ अंक भएको छ ।
चार खेलअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुल ३४ खेलबाट ८२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पराजित उल्भ्स भने ३५ खेलबाट ४१ अंकका साथ लिगको १३औँ स्थानमा छ ।
