युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहमले जित हात पारेको छ ।

बिहिवार राति भएको खेलमा टोटनहमले नर्वेजियन क्लब बोडो/ग्लिम्टलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ब्रेन्नन जोनसन, जेम्स म्याडिसन र डोमिनिक सोलाङ्केले गोल गरे । बोडो/ग्लिम्टका लागि उर्लिक साल्टनेसले एक गोल फर्काए ।

खेल सुरु भएको ३८ सेकेन्डमै जोनसनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलएका थिए । ३४औं मिनेटमा म्याडिसनले टोलीको अग्रता दोब्बर पारे ।

सोलाङ्केले ६१औं पेनाल्टीमा गोल गर्दै टोटनहमलाई ३–० को अग्रता दिलाए । बोडो/ग्लिम्टका लागि ८३औं मिनेटमा साल्टनेसले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

यी दुई टोलीबीचको दोस्रो लेग बिहिवार बोडो/ग्लिम्टको घरेलु मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *