क्रिस्टल प्यालेसलले क्लब इतिहासमा पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि उचालेको छ ।
शनिबार राति भएको एफए कपको फाइनलमा सिटीलाई १–० ले हराउँदै गर्दै क्रिस्टल प्यालेसले पहिलो पटक उपाधि उचालेको हो ।
एम्बेली स्टेडियममा पाहुना टोली प्यालेसलाई जित दिलाउन एबेरेचे एजेले निर्णायक गोल गरे । एजेले १६औं मिनेटमा गोल गरेका थिए ।
खेलको ३६औं मिनेटमा सिटीले बराबरी गोल गर्ने अवसर पाएपनि सफल भएन । ओमार मार्माैसको पेनाल्टी प्रहार प्यालेसका गोलकिपर डिआन हेन्डर्सनले बचाएका थिए ।
सिटीका लागि यस सिजन बिर्सनलायक बनेको छ । सिटीका लागि सन् २०१६–१७ पछि पेप ग्वार्डियोलाले सिजनको जिम्मेवारी सम्हालेपछि पहिलो पटक एकै सिजनमा उपाधि दिलाउन असफल भए ।
