मेस्सीको मियामी बराबरीमा रोकियो

२०८२, २ जेष्ठ बिहीबार १३:०३

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सान जोससँग बराबरीमा रोकिएको छ ।

बिहीवार बिहान भएको खेलमा मियामी सान जोससँग ३–३ को बराबरीमा रोकिएको हो ।

सान जोसको घरेलु मैदानमा भएको खेलमा मियामीका लागि टाडेओ एलेन्डले दुई तथा म्याक्सिमिलियानो फाल्कोनले एक गोल गरे । सान जोसका लागि क्रिस्टियन अरांगो, बेउ लेरोक्स र इयान हार्केसले समान एक गोल गरे ।

खेलको पहिलो मिनेटमै फाल्कोनको गोलमार्फत मियामीले अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेट पछि नै अरांगोले सान जोसका लागि बराबरी गोल फर्काए ।

३७औं मिनेटमा लेरोक्सले गोल गर्दा सान जोस २-१ ले अघि बढ्यो । ४४औं मिनेटमा एलेन्डले गोल गर्दै मियामीलाई २-२ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा हार्केसले गोल गर्दै सान जोसलाई ३-२ को अग्रता दिलाए । ५२औं मिनेटमा मियामीका एलान्डेले ब्यक्तिगत दोस्रो गोल गरेपछी खेल ३-३ को बराबरीमा सकियो ।

पछिल्लो समय मियामीले पछिल्लो ११ खेलमध्ये तीन खेलमा मात्रै जित निकालेको छ । मियामी तीन खेलमा बराबरीको नतिजा निकाल्दा पाँच खेलमा हार व्यहोरेको छ ।

जारी सिजन एमएलएसमा मात्रै मियामीको यो चौथो हार हो । तालिकाको पाँचौं स्थानमा रहेको मियामीले इस्टर्न कन्फेरेन्समा १२ खेलबाट २२ अंक जोडेको छ । यता, वेस्टर्न कन्फेरेन्सको सातौं स्थानमा रहेको सान जोसले १७ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *