बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले होफेनहाइममाथि जित निकाल्दै जारी सिजनको अन्त्य गरेको छ ।
शनिबार राति भएको भएको म्युनिखले होफेनहाइममाथि ४–० को जित निकाल्दै सिजनको अन्त्य गर्दा थोमस मुलरले क्लबका लागि अन्तिम खेल खेले ।
बायर्नमा १३ वटा बुन्डेसलिगा उपाधि र दुईवटा च्याम्पियन्स लिग जितिसकेका ३५ वर्षीय मुलर यही सिजनको समाप्तिमा सम्झौता सकिएपछि क्लबबाट विदा हुनेछन् । उनले आफ्नो खेल जीवनको महत्वपूर्ण समय बायर्नमा बिताए ।
मुलरले ५ सय ३ बुन्डेसलिगा खेल खेले । लिगको सर्वाधिक खेल खेल्ने सूचीमा उनी १२औं स्थानमा छन् । उनले बायर्नबाट २ सय ४८ गोल गरेका छन् । दोस्रो हाफमा उनको ठाउँमा हेरी केन मैदान प्रवेश गरेका थिए ।
माइकल ओलिसेले खेलको ३३औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै बायर्नको खाता खोले।त्यसपछि छिट्टै जोशुआ किमिखले ५३औं मिनेटमा नजिकबाट प्रहार गरेर बायर्नको अग्रता दोब्बर बनाए ।
सर्ज ग्नाब्रीले पेनाल्टी क्षेत्रको किनाराबाट लो-सटमार्फत ८० औं तेस्रो गोल थपे । ८६औं मिनेटमा केनले यो सिजनको आफ्नो २६औं लिग गोल गरे।
च्याम्पियन बायर्नले निकटतम प्रतिद्धन्दी बायर लिभरकुसेनभन्दा १३ अंकले अघि रहँदै लिग सकेको हो ।
