नेपाली डजबल टाेलीलाई कांस्य

२०८२, १८ बैशाख बिहीबार १८:४८

भारतको कर्नाटकमा सम्पन्न त्रिकोणात्मक डजबल प्रतियोगितामा नेपालले कांस्य पदक प्राप्त गरेको छ ।

अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीबीच प्रतिस्पर्धा भएको थियो । नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

नेपालले भारतविरुद्ध ३-१ को हार बेहोरे पनि एउटा सेट आफ्नो पक्षमा पारेको थियो । यसैगरी नेपाल मलेसियन राइनोससँग ५-० ले पराजित भयो ।

नेपाल डजबल महासंघले थप अन्तर्राष्ट्रिय अनुभव लिंदै मलेसियनमा हुने एसियन डजबल च्याम्पियनसिपमा अझ उत्कृष्ट नतिजा ल्याउने गरि तयारी गरिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *