इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको इन्टर मिलानले गएराति भिरोनालाई १-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले लिग लिडर नापोलीसँग अंक दुरी ३ मा झारेको छ ।

सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन क्रिस्टजान अस्लानीले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले नवौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । 

जितसँगै दास्रो स्थानको इन्टरले ३५ खेलबाट ७४ अंक जोडेको छ । नापोलीको समान खेलबाट ७७ अंक छ । यता पराजित भिरोना ३५ खेलबाट ३२ अंकका साथ १५औं स्थानमा छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *