कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्सले सुनसरीको रामधुनी भेट्रान्स क्लबलाई ५-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितको लागि मिल्सका तर्फबाट रुपक श्रेष्ठले दुई गोल, अजय लिम्बु, अशोक कुमार केसी र कृष्ण शाक्यले समान १-१ गोल गरे।
सोही दिन भएको दोस्रो खेलमा विराट भेट्रान्सले सुनसरीको भरौल भेट्रान्स क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।
बुधबारको पहिलो सेमिफाइनल खेल पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबबीच हुनेछ ।
