बार्सिलोनाका डिफेन्डर जुलेस कुन्डेले चोटका कारण च्याम्पियन्स लिगमा इन्टरमिलानविरुद्धको सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् ।
बार्सिलोनाले बिहीबार एक विज्ञप्ति निकाल्दै कुन्डेले चोट बोकेको पुस्टि गरेको छ । उनको ‘डिस्टल ह्याम्स्ट्रिङ’ मा समस्या देखिएको बताईएको छ । उनको फर्किने समय यकिन नभएको बताईएको छ ।
‘उनको रिकभरीको अवस्था हेरेर मात्र टोलीमा फर्किने समय थाहा हुनेछ,’ पाँचपटकको च्याम्पियन्स लिग विजेता क्लबले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
बार्सिलोनाले इन्टरसँग आगामी मे ६ मा दोस्रो लेग खेल खेल्नेछ । पहिलो लेगमा बार्सिलोना र इन्टरले ३-३ गोलको बराबरी खेलेका थिए ।
