निसान श्रेष्ठ र आरभसम्राट हाडा ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा निसानले निहालजंग बहादुर थापालाई ६-३ र ६-२ तथा आरभले राजवीर प्रधानलाई ६-३ र ६-१ को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६-१ र ६-१ तथा स्वस्तिका विष्टले आइशा डोल्कर गुरुङलाई ६-१ र ६-१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६-० र ६-० तथा सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६-३ र ६-३ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६-४ र ६-२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६-३ र ६-१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६-३ र ७-५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६-१ र ६-० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६-२ र ६-१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६-१ र ६-३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर विसीको जोडीलाई ७-६ र ६-१ ले हराउदै फाइनलमा पुगे ।
भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६-२ र ६-१ ले पराजित गरी फाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ पहिलो भए । उनले फाइनलमा भिक्टर राणालाई ६-२ र ६-३ ले पाखा लगाए ।
