डिएभी सुशील केडिया विश्व भारती स्कूल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यु-१६ टि-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा भएको फाइनल खेलमा डिएभीले गेटवे एकेडेमीलाई सात विकेटले सहजै पराजित गर्यो ।

गेटवेले प्रस्तुत गरेको ७३ रनको लक्ष्य डिएभीले १६.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । डिएभीका कप्तान प्रसिद्ध जैसीले अविजित ३५ र मायंककुमार साहले १६ रन जोडे ।

गेटवेका उज्वल गुप्ताले दुई र साइमन पटेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवे १९.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटियो । गेटवेका मुर्शिद इक्बालले १५ र कप्तान सबिर अन्सारीले ११ रन बनाए, तर अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिएभीका कमल शाहीले चार, कप्तान प्रसिद्ध जैसीले तीन र केशव अग्रवालले दुई विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *