राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भइसकेको भन्दै अब विचौलियाको चलखेल भएमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो तर, जनकपुरधाममा धेरै चाँडै खेलकुद मैदानका लागि आन्दोलन गर्दैछौँ ।

लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो, सबै भयो खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो त्यसको लागि अहिले सम्म ४ करोड खर्च पनि गरेको थियौं । तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासि ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो ।

यसमा पक्कै पनि समृद्ध विचौलिया र दलाल छिरे जस्तो छ । अब यदी जनकपुरको खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन चाँडै हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *