पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।
भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको थियो ।
जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।
यता भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) २०२५ भने स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपिएल स्थगित गर्ने निर्णय गरेको हो ।
बिसीसीआईले नयाँ मितिको बारेमा केही जानकारी दिएको छैन । आईपिएलमा अझै १२ लिग खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो ।
