विभिन्न खेल विधाबाट २१ जना नेपाली राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बल (एपिएफ) मा जागिरे भएका छन् ।

सशस्त्र प्रहरी बलले करारमा रहेका खेलाडीहरूलाई स्थायी रूपमा नियुक्त गर्दै उनीहरूको खेलकुद यात्रामा थप आत्मविश्वास र स्थायीत्व दिएको हो ।

जागिर पाउने सूचीमा सबैभन्दा धेरै महिला फुटबल खेलाडी रहेका छन् । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसहित १० जना फुटबल खेलाडी एपिएफमा जागिरे भएका छन् ।

फरवार्ड रश्मीकुमारी घिसिङ, सविता रानामगर, मेनुकाकुमारी आलेमगर, डिफेन्डर रेनुका हमाल, मनमाया दमाइ, सजनी ठोकर, मिडफिल्डर सरस्वती हमाल र शारदा श्रेष्ठ, साथै गोलकिपर सावित्री किसनले पनि जागिरे भएका छन् ।

त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी रश्मी एपिएफमा प्रवेश गरेकी हुन् । पुरुष फुटबलतर्फ समिराज ठोकर एक्ला खेलाडी हुन्, जसले एपिएफको स्थायी रोजगारी पाएका छन् ।

अन्य खेलतर्फ भलिबलका रोमा महतो, सरोज भर्देवा, उसुका प्रेमकुमारी आले र अन्जली लुङ्गेली, तेक्वान्दोकी सन्जना घर्तीमगर र अन्जली साउद, करातेकी सञ्जु देसार, क्रिकेटकी रेवती धामी, कबड्डीकी कलावती बिष्ट र एथलेटिक्सकी आस्मा बिक समावेश छन् ।

सशस्त्र प्रहरी बलको यो पहलले खेलाडीहरूलाई आर्थिक सुरक्षासँगै खेलमै केन्द्रित हुने अवसर दिएको छ। स्थायी जागिरले उनीहरूको खेल जीवनलाई थप दिगो बनाउने अपेक्षा गरिएको छ । यो कदम नेपाली खेलकुदमा संस्थागत समर्थन र खेलाडीको हकहितप्रति सकारात्मक दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *