इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ ।

आइतवार राति भएको खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको गोलरहित बराबरीमा सकिएको हो ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन् । सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन् ।

बराबरीमा रोकिएसँगै सिटीले चौथो स्थानमा उक्लिने मौका गुमाएको छ। पाँचौं स्थानमा रहेको सिटीको ३१ खेलबाट ५२ अंक छ । सिटी चौथो स्थानको चेल्सीभन्दा एक अंकले पछाडि छ ।

युनाइटेड ३१ खेलबाट ३८ अंकसहित १३औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *