भुटान । नेपाली बक्सर लाल प्रसाद उप्रेति भुटानको थिम्पुमा जारी फोर नेशन्स ईन्टरनेशनल बक्सिङ च्याम्पियनशिपमा विजयी भएका छन् ।
उप्रेतीले ४८ केजी तौल समुहमा भातर (सिक्किम) का दुर्गा प्रसाद शर्माविरुद्ध ५:० अंकको आधारमा फराकिलो जित हासिल गरेका हुन् ।
प्रतियोगितामा ४८ केजी तौल समुहकी रमिशा श्रेष्ठले ४:१ अंकको आधारमा भारत (सिक्किम) कि यासिका राईसँग प्रतिस्पर्धात्मक हार व्यहोरेकि छिन् ।
आज (शनिबार) हुने सेमिफाईनल खेलहरुमा नेपाली बक्सर वांदी छिरिङ शेर्पा ६० केजी र चन्द्र बहादुर थापा ५४ केजीले भारतका बक्सरसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले बताएका छन् ।
फोर नेशन्स ईन्टरनेशनल बक्सिङ च्याम्पियनशिप-२०२५ मा नेपाल, भारत, बगांलादेश र भुटानका खेलाडी सहभागी छन् ।
