स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड फेरि पराजित भएको छ । शनिबार राती भएको खेलमा एटलेटिको लस पल्मससँग १-० ले हारेको हो ।
घरेलु मैदानमा पल्मसलाई जिताउन जाभी मुनोजले निर्णायक गोल गरे । उनले इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यो हारले एटलेटिकोलाई उपाधि दौडमा उक्लिनबाट रोकेको छ ।
दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमाएको एटलेटिकोको ३२ खेलबाट ६३ अंक छ । एक खेल कम रियलको ६६ अंक हुँदा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ अंक छ ।
ला लिगामा बार्सिलोना ४-३ ले विजयी हुँदा रायो भायकानो र भ्यालेन्सियाले १-१ को बराबरी तथा मलोर्का र लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
