ब्राजिलियन लेजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग एनएसएलको खेल हेर्न मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।
उनलाई एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीका टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।
उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।
५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।
