नेपाल उसु महासंघको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा ७औं राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स २०८२ को उद्घाटन भएको छ ।

धनगढीमा आयोजित सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री माननीय प्रकाश बहादुर देउवाले प्रमुख आतिथ्यका रुपमा उपस्थित भई उद्घाटन गर्नुभएको हो ।

सेमिनारमा अन्तर्राष्ट्रिय उसु महासंघ (IWUF) द्वारा जारी गरिएको मान्यता प्राप्त व्यालिड लाइसेन्स भएका निर्णायकहरुबाट विविध अन्तर्राष्ट्रिय नयाँ नियम तथा अपडेटहरु प्रशिक्षण दिइनेछ ।

साथै, अन्तर्राष्ट्रिय स्तरका कोचहरुबाट डिप्लोमा कोर्स सञ्चालन हुनेछ । देशका विभिन्न प्रदेशहरूबाट सहभागीको उल्लेख्य उपस्थिति रहेको सेमिनारमा सुदूरपश्चिम प्रदेशबाट ४८, कर्णालीबाट २२, लुम्बिनीबाट १६, गण्डकीबाट ९, बागमतीबाट १० र कोशी प्रदेशबाट ५ जना सहभागी भई जम्मा ११० जनाको सहभागिता रहेको छ ।

उक्त सेमिनार आगामी ७ दिनसम्म सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार उक्त कार्यक्रमले उसु खेलको विकास, प्रशिक्षण र व्यवस्थापनमा थप योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *