टोटनहम हट्स्परलाई हराउँदै नटिङ्घम फरेस्ट इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ । सोमबार राती भएको खेलमा नटिङ्घमले टोटनहमलाई २-१ ले हरायो ।
टोटनहमको घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन एलिएट एन्डरसनले पाँचौं र क्रिस वुडले १६औं मिनेटमा गोल गरे । टोटनहमका लागि ८७औं मिनेटमा रिचार्लिसनले सान्त्वान गोल फर्काए ।
यो जितसँगै नटिङघमले न्यूक्यासल युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीलाई उछिन्दै च्याम्पियन्स लिगको आशा बलियो बनाएको छ । नटिङघमको ३३ खेलबाट ६० अंक भएको छ ।
पराजित टोटनहम समान खेलबाट ३७ अंकका साथ १६औं स्थानमा छ ।
