न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिगको छनोट सम्भावना कायमै राखेको छ ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा न्युक्यासलले लेष्टर सिटीलाई ३–० गोलले पराजित गरेको हो ।
लेष्टरको घरेलु मैदानमा भएको खेलमा न्युक्यासललाई जित दिलाउन ज्याकोप मुर्फीले खेलको दोस्रो र ११औं मिनेटमा गरी दुई गोल गरे । हार्भे बार्नसले ३४औं मिनेटमा तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
डिसेम्बर ८ पछि लेस्टरले घरेलु मैदानमा गोल गर्न सकेको छैन । लेस्टर प्रिमियर लिगको इतिहासमा लगातार आठवटा घरेलु खेल गोल नगरी हार बेहोर्ने पहिलो टोली बनेका छ ।
खेलको अन्त्यतिर लेस्टरले १५ वर्षीय जेरेमी मोन्गालाई मैदानमा उतारेको थियो । उनी प्रिमियर लिग खेल्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
जितसँगै ३० खेलबाट ५३ अंक जोडेको न्युक्यासलले पाँचौं स्थानमा उक्लिएको छ । चौथो स्थानको चेल्सीको पनि समान खेलबाट ५३ अंक छ । चेल्सीसँग समान अंक भएपनि गोल अन्तरका आधारमा न्युक्यासल पछाडी परेको हो ।
उता, लेस्टरले प्रिमियर लिगमा लगातार आठौं खेल गोल नगरी हार बेहोरेको छ । योसँगै लेस्टर रेलिगेसननजिक पुगेको छ । लेस्टर ३१ खेलबाट १७ अंकसहित १९औं स्थानमा छ । यसपटक लेष्टरसँगै साथह्याम्पटन र इपस्विच टावन रेलिगेशन क्षेत्रमा छन् ।
