चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेल्सीले एभर्टनलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले निर्णायक गोल गरे । उनले खेलको २७औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै चेल्सीले ३४ खेलबाट ६० अंक बनाएको छ । शीर्ष स्थानको लिभरपुलको भने ३३ खेलबाट ७९ अंक छ । यता पराजित समान खेलबाट ३८ अंक जोडेको एभर्टन १३औं स्थानमा छ ।
