नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी हारबाट जोगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा झापाले चितवन एफसीसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलमा चितवनका लागि टोरिक जेबरिन र झापाका लागि अलहाजी गेरोले पेनाल्टीमा गोल गरे ।

खेलको २७औं मिनेटमा टोरिकले गोलमा चितवनले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । लगातार तेस्रो जिततर्फ अग्रसर भइरहेको बेला इन्जुरी समयमा गेरोले गोल गर्दै खेल १-१ को बराबरी गरे । लिगमा झापाको यो पहिलो गोल हो ।

दुवै टिमले जारी लिगमा पहिलो पटक गोल व्यहोरेका हुन् । चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ । लगातार तीन बराबरी खेलेको झापा ३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । 

लिगमा सोमबार काठमाडौंले बुटवलसँग प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ६ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *