आठौं राष्ट्रिय स्केटवोर्ड च्याम्पियनशिप २०८२ अन्तर्गतका विजेताले शनिबार नगद पुरस्कार, शिल्ड मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डसंघद्धारा वार्षिकरुपमा आयोजना हुने गरेको सो च्याम्पियनशिपमा महिला खुलातर्फ खुसी विक प्रथम, लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो स्थान प्राप्त गरिन ।

यस्तै खुला पुरुषतर्फ गजेन्द्र बर्देवा प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए ।

यस्तैगरेर पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएको स्केटिङ तथा स्केट बोर्डसंघका महासचिव सत्य थापाले बताउनुभयो ।

खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए । यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

तीनै वटै विद्याका विजेता खेलाडीहरुलाई पूर्व मन्त्री जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल लगायतले नगद पुरस्कार, शिल्ड मेडल, र प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि शनिबारै विहान सो च्याम्पियनशिप २०८२ को उद्घाटन गर्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकमा जित्ने गरेर तयारी गर्न खेलाडीलाई आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *