भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज मंगलबार दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आईपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै कोलकाताले ९ खेलमा ३ जित र ५ हार बेहोरेको छ र एक खेल रद्ध हुदा अंक बाँडेको छ । कोलकोता हाल ७ अंकसहित सातौं स्थानमा रहेको छ ।

यस सिजनमा दिल्ली र कोलकाताबीच पहिलो खेल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *