भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज पनि दुई खेल हुँदै छन् ।
आज पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दै छन् । पञ्जावको घरेलु मैदानमा हुने यो खेल नेपाली समयअनुसार अपराहन्न ३ः ४५ बजेदेखि शुरु हुने छ ।
जारी आईपिएलमा पञ्जाब किंग्स ७ खेलमा १० अङ्कसहित तेश्रो स्थानमा छ भने ७ खेलमा ८ अङ्कसहित आरसीबी पाचौँ स्थानमा छ ।
त्यसैगरी आजको अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । विशाखापटनममा हुने यो खेल नेपाली समय अनुसार ७:४५ बजेदेखि शुरु हुने छ ।
जारी आईपिएलमा मुम्बई ७ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अङ्कसहित पुछारमा रहेको छ ।
