अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनसिपमा नेपालले एक स्वर्ण र चार कांस्य पदक जितेको छ ।
पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ६१ केजीमुनिमा सविना श्रेष्ठ, ५५ केजीमुनिमा पुष्पका लामा र ५० केजीमुनिमा वर्षा बुढामगरले कांस्य पदक प्राप्त गरेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी गराए ।
यसअघि एरिका गुरुङले महिला ६८ केजीमाथिमा स्वर्ण पदक जितेकी थिइन् ।
प्रतियोगितामा सहभागी हुन नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अष्ट्रेलियको सिड्नी पुगेकोे थियो ।
