बिभूषण कोइराला

तपाइँलाइ कर्णाली भन्ने बित्तिकै के याद आउँछ ? प्राकृतिक सौर्न्दर्यले भरिएको सुन्दर बगैचा या राज्यले कुनै वास्ता नगरेको एउटा प्रदेश ? कर्णाली भन्न साथ प्रायः हामीले राज्यबाट वास्ता नगरीएको ठाँउ सम्झिन्छौ तर कर्णालीको तस्बिर दुख ले मात्र भरिएको छैन ।

प्राकृतिक सौर्न्दर्य ले भरिएको एउटा सुन्दर फुलबारी हो कर्णाली, जहाँ सुन्दर फुलहरु फुल्ने गर्छन् । आज सम्म कर्णालीले थुप्रै फुल फुलाएको छ । आफ्नो बगैंचामा कर्णालीले मेहनत गरेर फुलाएको फुलहरु मध्यको एक सुन्दर फुल हुन, अर्जुन घर्ती ।

कर्णालीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने अर्जुन, विकेट कीपरको भुमिकामा देखिने गर्छन् । सानै उमेरमा क्रीकेटको उडान भरेका अर्जुनको संघर्ष के के छन त ? हामीले अर्जुन बाट के के सिक्न सक्छौ त ? आउनुस आज हामी बुज्ने प्रयास गरौं ।

कसरी सुरु भयो अर्जुनको क्रीकेट यात्रा ?

अर्जुनको जन्म बुवा भिम बहादुर घर्ती र आमा कमला घर्ती बाट भारतको धोर्धैचामा भएको थियो । भारतमै जन्मेको कारण उनले सानो उमेरदेखि क्रीकेटको वातावरणमा भिज्ने मौका पाएँ ।भारतभरी क्रीकेटको क्रेज एकदम धेरै हुने, जताततै क्रीकेट खेलीरहेको हुने त्यही क्रममा अर्जुनले टेनिस बलबाट क्रीकेट सुरु गरे ।

टेनिसबलमा कीपीङ निकै राम्रो गर्ने भएर पनि अर्जुनलाई विकेट कीपरकै लागि टिममा समावेश गर्थे । पछी बिस्तारै १० मा पुगेपछि चाहिँ उनले पहिलो पटक डिउज बलले खेले ।

भारतमा अन्तर बिद्यालय क्रीकेट प्रतियोगिता हुन्थियो, र सो प्रतियोगितामा एक पटक अर्जुनले २७ बलमा शतक प्रहार गरेको थिए । त्यहीँबाट नै बिस्तारै अर्जुनले क्रीकेटको यात्रा सुरु गरे ।

अर्जुनले २७ बलमा शतक हानेको पल

भारतबाट नै क्रीकेट सिकेको कारण अर्जुनले चुनौतीहरु चाहिँ त्यति सामाना गर्नु परेन ।

नेपाली घरेलु क्रीकेटमा अर्जुनको आगमन

भारतबाट क्रीकेट यात्रा सुरु गरेका अर्जुनले २०२१ देखि प्रधानमन्त्री कप क्रीकेट खेल्न सुरु गरे । कर्णालीको लागि सर्वाधिक रन बनाएक अर्जुनले नेपाल ए टिमबाट पनि खेल्ने मौका पाए ।

गत संस्करणको प्रधानमन्त्रीकपको ९ इनिङमा २४३ रन बनाएका अर्जुनले मार्च २९, २०२४ मा आयरल्याण्ड ए बिरुद्ध नेपाल ए बाट टि२० डेब्यु गरे ।

नेपाल ए बाट खेल्ने क्रममा अर्जुन(माथिल्लो समुहको बायाँ पट्टीको दोस्रो)

यसै संस्करणको प्रधानमन्त्री कपमा पनि ९ इनिङमा ३०३ रन बनाएका अर्जुनले नेपाली टिमको बन्द प्रशिक्षणमा आफ्नो नाम लेखाउन सफल भए ।

पारस खड्का र ज्ञानेन्द्रमा मल्लहरु बाट निकै नै प्रेरित भएका अर्जुनले पारस खड्का र ज्ञानेन्द्र मल्ललाई नै आफ्नो रोल मोडेल मान्छन ।

गन्तव्य तिर लम्किदै अर्जुन

सानैदेखि जिन्दगीमा एउटा सपना देखेका अर्जुन नेपालको जर्सी लाएर नेपालको लागि खेल्न चाहन्छन ।

अहिले उनी त्यो सपनाभन्दा केही कदम मात्र पर पर पनि रहेका छन । आफुले देखेको सपनाको नजीक आउँदा अर्जुन धेरै नै खुशी देखिन्छन ।

उनी आफ्नो खुशी शव्दमा बयान गर्न नै सक्दैनन् ।

एनपीएलले के सिकायो उनलाई ? धवनको सुझावको असर कस्तो पर्यो ?

सानैदेखि कुनै भारतीय खेलाडीसङ ड्रेसीङ रुम शेयर गर्ने एउटा इच्छा राखेका अर्जुनले एनपिएलमा सिखर धवन सङ ड्रेसीङ रुम शेयर गर्ने मौका पाए र धवन जस्तो खेलाडी सङ ड्रेसीङ रुम शेयर गर्न पाउदा उनी निकै नै उत्साहित पनि थिए ।

“सानै देखि भारतीय खेलाडी सङ ड्रेसीङ रुम शेयर गर्न मन थियो र यो एनपिएलमा धवन जस्तो खेलाडी सङ शेयर गर्न पाउँदा त झन उत्साहित थिए ।”, अर्जुनले खेलचौतारीलाई भने ।

सिखर धवन सङ अर्जुन

धवनले प्रेसरको कसरी सामना गर्ने , खेल खेल्दा दिमागलाई कसरी आफ्नो अदिनमा ल्याउने सबै कुरा उनलाई सिकाएको त्यही कुराहरु नै लिएर प्रधानमन्त्री कप खेलेका अर्जुनले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरे ।

परिवारको खुशी

पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अर्जुनको नाम आउँदा उनको परिवारको सबै जना खुशी हुनुहुन्थ्यो ।

उनको सपना

अजुनलाई उनको सपनाको बारेमा सोध्दा नेपालको पहिलो प्राथमिकताको ( फर्स्ट च्याइस ) विकेट कीपर बन्ने र नेपाललाई टेस्ट मान्यता दिलाउने सपना देखेको बताए ।

“मलाइ अब नेपाली राष्ट्रिय टिमको पहिलो प्राथमिकताको विकेट कीपर भएर नेपाली टिमलाई टेस्ट मान्यता दिलाउनु छ”, उनले खेल चौतारीलाई भने ।

अर्जुन मात्र नभएर , नेपाली क्रीकेट सङ जोडिएका सम्पुर्ण समर्थक , खेलाडीहरुको पनि सपना भने नेपालले टेस्ट खेलेको हेर्ने नै रहेको छ ।

नेपाली टिमलाई सकेको योगदान दिने अर्जुनको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *