भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।
आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र गुजरात टाइटन्सबीच खेल हुँदै छ । एम चिन्नास्वामी स्टेडियम, बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आईपिएलमा आरसिबीले उत्कृष्ट शुरुवात गर्दै शुरुवाती दुई खेल जितेको छ । आरसिबीले पहिलो खेलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।
त्यसैगरी गुजरातले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । गुजरातले पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
