विभागीय टोली नेपाल पुलिस क्लबका रविन चन्द र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।

नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको पाँचौं एनभिए अवार्डमा उनीहरुलाई बर्षको उत्कृष्ट खेलाडी अवार्डले सम्मान गरेको हो । अवार्डसँगै दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, उदीयमान पुरुष खेलाडीको अवार्ड पुलिस क्लबका पहल गहतराज र महिला तर्फ न्यू डायमन्ड क्लबकी सुमित्रा रेग्मीले प्राप्त गरिन् । दुवैले समान ५० हजार रुपैयाँ पाए ।

एपिएफका महेश चौधरी पुरुष टिमका र पुलिस क्लबका रुपेश विष्ट महिला टिमका उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे । उनीहरूले पनि जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

टिम अफ द इयरमा पुरुषतर्फ एपिएफ र महिलातर्फ नेपाल पुलिस क्लबले २-२ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै गत वर्ष काभा यू-२० च्याम्पियनसिपमा दोस्रो बन्न सफल पुरुष टोलीलाई ४ लाख ५० हजार रुपैयाँ प्रदान गरियो ।

महिला राष्ट्रिय टोलीको पूर्व कप्तान विनिता बुढाथोकीलाई पनि संघले ५० हजार रुपैयाँ सहित सम्मान गर्यो । यस्तै, मेरो खेलकी लक्ष्मी शाक्यलाई ५० हजार रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरियो ।

संघले कार्यक्रममा ५० वर्षपछि जापानबाट नेपाल आएका पूर्व भलिबल प्रशिक्षक हारोउ हैसोलाई पनि सम्मान गरेको छ । संघले आयोजनामा २०८० को प्रदर्शनको आधारमा खेलाडी, प्रशिक्षक तथा खेल व्यक्तिवहरूलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *