भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अगामी सत्र १ अक्टोबर २०२४ देखि ३० सेप्टेम्बर २०२५का लागि केन्द्रीय अनुबन्धन घोषणा गरेको छ ।

बीसीसीआईले केन्द्रीय अनुबन्धनका लागि ३४ खेलाडीको लिस्ट जारी गरेको हो । बीसीसीआईले जारी गरेको लिस्टमा यो पटक श्रेयस अय्यर र इशान किसन समेत परेका छन् ।

गत वर्ष यी दुई खेलाडीले घरेलु क्रिकेट नखेलका कारण केन्द्रीय अनुबन्धमा परेका थिएनन् । यो पटक यी दुई खेलाडीले घरेलु क्रिकेटमा शान्दार प्रदर्शन गरेका कारण केन्द्रीय अनुबन्धनमा पर्न सफल भएका हुन् ।

बीसीसीआईले जारी गरेको केन्द्रीय अनुवन्धनमा ए प्लस, ए, बी र सी ग्रेडमा ३४ खेलाडीलाई विभाजन गरेको छ । सो ग्रेड अनुसार ए प्लसमा रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रविन्द्र जडेजा परेका छन् ।

त्यस्तै ए ग्रेडमा के एल राहुल, मोहम्मद सिराज, शुभमन गिल, हार्दिक पाण्ड्या, मोहम्मद शामी र ऋषभ पन्त रहेका छन् । यसैगरि बी ग्रेडमा सूर्यकुमार यादव, कुलदीप यादव, अक्षर पटेल, यशस्वी जयसवा र श्रेयश अथ्यर रहेका छन् ।

त्यस्तै सी ग्रेडमा रिङ्क सिंह, तिलक बर्मा, ऋतुराज गायकवाड, शिवम दुबे, वाशिङ्गटन सुन्दर, मुकेश कुमार, सञ्जु सेमसन, अर्शदीप सिंह, प्रशिद्धकृष्णा, रजत पाटीदार, ध्रुब जुरेल, सरफराज खान, नितिश कुमार रेड्डी, इशान किसन, अभिषेक शर्मा, आकाशदीप, बरुण चक्रबर्ति र हर्षित राणा रहेका छन् ।

बीसीसीआईले ए प्लस ग्रेडमा समावेश खेलाडीहरूलाई वार्षिक ७ करोड रुपैयाँ, ए ग्रेडमा समावेश खेलाडीहरूलाई ५ करोड रुपैयाँ, बी ग्रेडमा समावेश खेलाडीहरूलाई ३ करोड रुपैयाँ र सी ग्रेडमा समावेश खेलाडीहरूलाई १ करोड रुपैयाँ दिन्छ।

बीसीसीआईको केन्द्रीय सम्झौता सूचीमा ती खेलाडीहरू मात्र समावेश छन् जसले एक वर्ष भित्र कम्तिमा तीन टेस्ट, आठ एकदिवसीय वा १० टी-२० खेल खेलेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *