बंगलादेशका स्टार क्रिकेटर लिटन दासले सपरिवार काठमाडौंस्थित पशुपतिनाथको दर्शन गरेका छन् ।

दासले चैत्र २० गते बुधबार सपरिवार पशुपतिनाथको दर्शन गरेको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । दास पत्नी र छोरीका साथ पशुपतिनाथको दर्शन गर्न काठमाडौं आएका थिए ।

दासले पशुपतिनाथको दर्शन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्- ‘म पशुपतिनाथको दर्शन गरेर आए । मलाई पशुपतिनाथ मन्दिरको परिसरको कुना कुनामा भगवान शिव उपस्थित भएको आभास भयो । ओम नमः शिवाय ।’

लिटन दासले लामो समयदेखि बंगलादेश क्रिकेट टोलीबाट खेल्दै आएका छन् । दासले बंगलादेशको तर्फवाट २३७ अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ७३७७ रन बनाएका छन् । जसमा दासले ९४ एकदिवसिय, ४८ टेष्ट र ९५ टी २० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता रहेका छन् ।

उनले आफ्नो खेल जीवनमा अहिलेसम्म ९ शतक र ४० अर्धशतक समेत प्रहार गरेका छन् । साथै दासले अन्तर्राष्ट्रिय क्रिकेटमा २२१ क्याच लिनुका साथै २७ ब्याट्सम्यानलाई स्टप आउट समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *