कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ ।
सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको हो ।
कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी साथै काठमाण्डौ, पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सहभागिता हुने जानकारी दिए ।
प्याकुरेलले प्रतियोगितामा ग्रस एण्ड नेट, नियरेस्ट टु द पिन, लडेस्ट ड्राइभ लगायत विधामा खेलाडीहरुको प्रतिस्पर्धा हुने बताए । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिने छ ।
