आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअघिको अन्तिम तयारीका लागि भारत पुगेको नेपाली महिला क्रिकेट टोलीले दिल्लीसँगको दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ।

कविता कुँवरले ५८ तथा सम्झना खड्‌काले ५० रन बनाएपनि नेपाल दिल्लीसँग ११ रनले पराजित भएको हो ।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाएको थियो । प्रिया पुनियाले ५६ तथा आयुषी सोनीले ३२ तथा नजमा खानले २६ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले २ विकेट लिँदा पुजा महतो र कप्तान इन्दु बर्माले १-१ विकेट लिए ।

पहिलो अभ्यास खेलमा नेपाल ३८ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *