कप्तान नरेन भट्टको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा यूएईलाई २०१ रनको लक्ष्य दिएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा वेट आउटफिल्डका कारण ढिला सुरु भएर ४० ओभरमा घटाइएको खेलमा नेपालले ९ विकेट गुमाएर २०० रन बनायो ।

कप्तान नरेनले ६७ रन बनाए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिलसाद अलीले ३४ तथा साहिल पटेलले ३२ रन बनाए ।

यूएईका लागि उदिस सुरीले सार्वधिक ३, वि युग शर्मा र शालोम डिसुजाले समान २ तथा अलीअस्घर शुम्स र करण धिमानले समान १ विकेट लिए ।

आजै माथिल्लो मुलपानीमा भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई हराएर विजयी सुरुवात गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *