चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनीले आईपीएल इतिहासमा नयाँ कीर्तिमान बनाउँदै २०० विकेटकीपिङ डिसमिसल पूरा गरेका छन्।
धोनीले १५५ क्याच र ४६ स्टम्पिङसहित कुल २०१ विकेटकीपिङ डिसमिसल पूरा गरे। उनले आईपीएलको २७१औं खेल खेलिरहेका बेला यो रेकर्ड आफ्नो नाममा दर्ज गराए।
लखनऊविरुद्धको खेलको १५ औं ओभरमा धोनीले जडेजाको बलिङमा आयुष बदोनीको स्टम्पिङ मार्फत विकेट लिएर यो उपलब्धि पूरा गरेका थिए।
धोनी आईपीएलमा २०० विकेटकीपिङ डिसमिसल पार गर्ने पहिलो खेलाडी बनेका छन्। यस उपलब्धिले उनलाई आईपीएलको इतिहासमा सबैभन्दा सफल विकेटकिपरको रूपमा पुष्टि गरिदिएको छ।
यसको अलावा, धोनी अब सफल चेजमा सबैभन्दा धेरै नट आउट (३०) बनाउने खेलाडी बनेका छन्।
साथै, धोनीले म्यान अफ द म्याचको उपाधि पनि जिते, जसले गर्दा उनी म्यान अफ द म्याच अवार्ड पाउने सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन्।
