रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आरसिबी शीर्ष स्थानमा उक्लिएको हो ।दिल्लीले दिएको १६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
आरसिबीको जितमा क्रुनाल पाण्ड्या र विराट कोहलीले अर्धशतक प्रहार गरे । पाण्ड्याले ४७ बलमा पाँच चौका र चार छक्कासहित अविजित रहँदै सर्वाधिक ७३ रन बनाए ।
कोहलीले ४७ बलमा चार चौकासहित ५१ रन जोडे । चौथो विकेटको लागि कोहली र पाण्ड्याले ११९ रनको साझेदारी गरे । दिल्लीका लागि अक्षर पटेलले २ तथा दुशमन्था चमिराले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङक निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो ।
दिल्लीका लागि केएल राहुलले सर्वाधिक ४१, ट्रिस्टन स्टुब्सले ३४, अभिषेक पोरलले २८ तथा फाफ डुप्लेसिसले २२ रन बनाए । आरसिबीको लागि भुवनेश्वर कुमारले ३ तथा जस हैजलवूडले २ विकेट लिए ।
१० खेलबाट १४ अंक जोडेको आरसिबी शीर्ष स्थानमा छ । टोलीले ७ खेलमा जित निकाल्दा ३ खेल हारेको छ । गुजरात ८ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा रह्यो । दिल्लीको पनि ९ खेलबाट १२ अंक नै छ ।
