इण्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ ।

आइतबार मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा घरेलु टोली मुम्बईले लखनउलाई ५४ रनले पराजित गरेको हो । मुम्बईले दिएको २१६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो ।

लखनउका लागि आयुश बदोनीले ३५, मिचेल मार्शले ३४, निकोलस पुरनले २७, डेविड मिलरले २४ र  रवि बिस्नोईले १३ रन बनाए । मुम्बईका लागि जसप्रीत बुमराहले ४, ट्रेन्ट बोल्टले ३, विल ज्याक्सले २ र कोर्बिन बोशले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१५ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि रायन रिकेलटनले ५८, सूर्यकुमार यादवले ५४, विल ज्याक्सले २९, नमन धीरले अविजित २५, कार्बिन बोसले २० र रोहित शर्माले १२ रन बनाए । लखनउका लागि मायन्क यादव र आवेश खानले समान २ तथा प्रिन्स यादव, दिग्वेश राठी र रवि बिश्नाईले समान १ विकेट लिए ।

जितसँगै १० खेलमा १२ अंक जोडेको मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । पराजित लखनउ समान खेलबाट १० अंकसहित छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *