६४ वर्षकी जोआना चाइल्डले पोर्चुगल महिला क्रिकेट टोलीबाट टी- २० आईमा डेब्यु गरेकी छिन्
उनले नर्वेविरुद्धको खेलमा सहभागी भई इतिहास बनाइन् । अब उनी टी२०- आई खेल्ने दोस्रो सबैभन्दा जेठी महिला क्रिकेटर बनेकी छन् ।
जोआना दायाँ हाते ब्याटर र स्लो बलर हुन् । डेब्यु खेलमा प्रदर्शन सामान्य रहेपनि उनको खेलप्रतिको माया र लगनले धेरैलाई प्रेरणा दिएको छ । उनको कथा अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
