राष्ट्रिय स्केटबोर्ड हुने

२०८२, ३ बैशाख बुधबार ०८:५३

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता बैशाख ५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धामा खेल हुनेछ ।

शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुईदिने प्रतियोगिताका खेलहरु टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *