नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा शुक्रबार स्वर्ण जितेको छ ।

नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी स्पर्धामा नेपालले सर्वाधिक ७अंक जोड्‌दै पहिलो भयो ।

नेपालबाट प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनले प्रतिस्पर्धा गरेका थिए । बंगलादेश र पाकिस्तान तेश्रो भए । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको यु-१९ गर्ल्स टिम इभेन्टमा भने नेपाल दोश्रो भयो । नेपालले ७ अंक जोड्यो ।

नेपाली टोलीमा इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले खेलेका थिए । ८ अंकसाथ भारत पहिलो भयो । श्रीलंका र बंगलादेश तेश्रो बने । पाँचै राष्ट्र सहभागी यो स्पर्धामा माल्दिभ्स पनि थियो । यससंगै यु-१९ ब्वाइज-गर्ल्स दुवै नेपाली टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका छनोट भएको आयोजकले जनाएको छ ।

यु-१९ ब्वाइज-गर्ल्सको टिम इभेन्टमा पहिलो र दोश्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका छनोट हुने प्रावधान छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु-१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोली दोश्रो भयो ।

भारत पहिलो तथा श्रीलंका र पाकिस्तान तेश्रो स्थानमा रहे । सोही स्पर्धाको गर्ल्समा भारत पहिलो, श्रीलंका दोश्रो तथा नेपाल र माल्दिभ्स तेश्रो भए । नेपाली टोलीमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *