भारतमाजारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ।

आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

दिल्लीले यस सिजनमा उत्कृष्ट प्रदर्सन गरेपनि पछिल्लो खेलमा घरेलु मैदानमा मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो । दिल्लीले अहिलेसम्म खेलेका ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ।

दिल्लीका लागि केएल राहुल, कुलदीप यादव र आशुतोष शर्मा लगायतका खेलाडीले यस सिजनमा राम्रो प्रदर्शन गरिरहेका छन् ।

त्यस्तै राजस्थान रोयल्सको यस सिजनको प्रदर्सन भने त्यति राम्रो रहेको छैन । अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ४ अंक बटुलेर राजस्थान आठौ स्थानमा रहेको छ ।

राजस्थानका लागि यशस्वी जैसवाल, कप्तान सन्जु सामसन, रियान पराग, सन्दीप शर्मा, नितिश राना लगायतको प्रदर्शन यस सिजनमा राम्रो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *