इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ अन्तर्गत आज बिहीबार रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी र राजस्थान रोयलबीच भिडन्त हुँदैछ ।
बेंगलुरुस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुनेछ ।
घरेलु मैदानमा हुने आजको खेलमा आरसिबी फेभरेट मानिएको छ । जारी आईपिएलमा आरसिबी ८ खेलमा ५ खेल जितेको छ भने ३ खेलमा पराजित भएर चौथो स्थानमा छ । त्यस्तै समान खेल खेलको राजस्थानले ८ खेलमा २ खेल मात्र जित्न सफल भए हुँदा अंक तालिका आठौं स्थानमा रहेको छ ।
आजको खेल राजस्थानका लागि गर कि मरको अवस्थामा रहेको छ । यदि आजको खेलमा राजस्थान पराजित भयो भने प्लेअफबाट वाहिरिने लगभग पक्का जस्तै हुनेछ । त्यसपछि राजस्थानले लगातार पाँच खेल जितेपनि १४ अंक मात्र हुनेछ । प्लेअफमा पुग्न कम्तिमा पनि १६ अंक चाहिन्छ ।
यो पटक घरेलु मैदानमा आरसिबीको प्रदर्शन उत्कृष्ट रहन सकेको छैन । प्रायजसो हारको मुख नै देख्नु परेको छ । त्यसैले आजको खेलमा निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
