एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोमाथी पुनरागमन जित हासिल गरेको छ ।
शनिवार भएको खेलमा मिलानले कोमोविरुद्ध २-१ को जित निकाल्यो । मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितीमा थप २ गोल गर्दै पुनरागमन जित हात पारेको । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे ।
पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल गरेका थिए । खेलको ३३औं मिनेटमा कुञ्हाले गोल गर्दै पाहुना टोली कोमोलाई अग्रता दिलाएका थिए । पहिलो हाफ कोमोको अग्रतामा सकिएको थियो ।
खेलको ५३औं मिनेटमा पुलिसिचले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । मिलानका रेइन्डर्सले ७५औं मिनेटमा गोल गर्दै पुनरागमन जित दिलाए ।
यो जितपछि मिलान २९ खेलमा ४७ अंकका साथ तालिकाको सातौं स्थानमा छ । पराजित कोमो समान खेलमा २९ अंकका साथ १३औं स्थानमा छ ।
