बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ ।

शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो ।

बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे ।

खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि बर्लिनका होलरबाचले बराबरी गोल फर्काए ।

बराबरी पछि बायर्न २६ खेलमा ६२ अंकका साथ शीर्ष स्थानमा यथावत छ । बर्लिन समान खेलमा २७ अंकका साथ १३औं स्थानमा छ ।

लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा आरबी लिपजिङले बरुसिया डर्टमन्डलाई २-० ले, बरुसिता मोन्चेनग्लाडवाचले वेर्डर ब्रेमनलाई ४-२ ले र अक्सबर्गले उल्भबर्गलाई १-० ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *