युगाण्डामा जारी चार देशीय महिला टि-२० सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
नेपाली समयअनुसार दिउँसो पौने १ बजे एन्टेबे क्रिकेट ओभल युगाण्डामा निर्धारण गरिएको खेलमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो ।
लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेको थियो । नेपालले यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो ।
सिरिजको उपाधिका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुँदैछ ।
